बाहुबली ट्राभल्सको बसले किच्दा एक जनाको ज्यान गयो
रौतहट – रौतहटमा एक यात्रुबाहक बसले कुल्चेर एकजना पैदल यात्रीको घटनास्थलमै ज्यान गएको छ ।गौर–चन्द्रनिगाहपुरसँगै जोडिएको सहायक राजमार्ग सडकखण्ड अन्तर्गत पर्ने गौर नगरपालिका –६, सिसवा चोकमा सदरमुकाम गौरबाट काठमाडौंको लागि हिँडेको ना५ख ७३६९ नम्बरको बाहुबली ट्राभल्सले राजदेवी नगरपालिका -२, हजमिनियाका ५५ वर्षीय सुखाडी महतोलाई बसको अगाडिको चक्काले कुल्चिँदा घटनास्थलमै ज्यान गएको हो ।
शुक्रबार राति ८ बजे गौरबाट राजधानीतर्फ अत्याधिक तीव्र गतिमा रहेको बसले बाटो काट्दै गरेको महतोलाई कुल्चेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले घटना अत्यन्त विभत्स भएको बताउँदै मृतक महतोको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल
गौरमा राखिएको र बस चालक सर्लाहीका हिरालाल महतोलाई नियन्त्रणमा लिएर घटनाबारे गहन रुपमा अनुसन्धान भइरहेको बताउनुभयो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता