बोका जुनियर्सका खेलाडीमाथि रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेपछि
एजेन्सी, ९ मंसिर । अर्जेन्टिनामा एक हिंसात्मक घटनाका कारण फुटबल खेल पछि सारिएको मिडिया रिपोर्टमा उल्लेख छ ।मिडिया रिपोर्टका अनुसार बोका जुनियर्स फुटबल टोली चढेको बसमा कट्टर प्रतिस्पर्धी रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेका थिए । उक्त घटनापछि कोपा लिबरटेडरेसको फाइनल खेल सारिएको हो।
उक्त खेल अगाडि भएको सो हिँसा घटनाका कारण कैयौँ खेलाडी घाइते भएका थिए।दक्षिण अमेरिकी क्लब प्रतियोगिताको उक्त फाइनल खेल र्जेन्टिनाको राजधानी ब्युनस आइरिजका दुई प्रतिद्वन्द्वी टोली बोका जुनियर्स तथा रिभर प्लेटबीच हुन लागेको थियो।
तर रिभर प्लेटका समर्थकहरूले बोका जुनियर्सका खेलाडी चढेको बसमा हमला गरेका थिए।भिडिओ फुटेजमा तिनले ढुङ्गा तथा ग्यास क्यानिस्टरले प्रहार गरेको देखिन्छ।बोका जुनियर्सका केही खेलाडीलाई फुटेका सिसाले घाउ लागेको थियो भने केहीचाहिँ प्रहरीले प्रयोग गरेको अश्रुग्यासबाट प्रभावित भए।
November 25, 2018 10:29 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी