Sunday 24th August 2025

सूर्य भगवानको पुजा गर्नुको कारण र पुजा गर्ने बिधि जान्नुहोस् !

7 years अगाडी

सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको तारा हो। यसलाई घाम वा सुर्जे पनि भनिन्छ। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले सम्भब भएको हो।वैज्ञानिक अध्ययन सूर्यको तौल करिब २×१० किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४% हाइड्रोजन, २५% हिलियम र बाँकि अन्य गर्हौ पदार्थहरू रहेका छन्।

यसको आयु करिब ५ अर्ब वर्ष रहेको अनुमान गरिन्छ। सूर्यले आफ्नो जीवनको आधा यात्रा तय गरीसकेको अनुमान गरिन्छ। यस समयमा सूर्यले परमाणवीय सन्धि प्रतिक्रियाद्वारा केन्द्रमा रहेको हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ। करिब ५ अर्ब बर्षपछि यो ग्रहिय नेबुलामा परिणत हुने छ।

पृथ्विको सबैभन्दा नजीकको तारा भएर र बैज्ञानिकहरू बाट सघन अध्ययन हुँदाहुँदै पनि, यसका बारेमा धेरै प्रश्नहरू अनुत्तरित छन् – जस्तै, किन यसको बाहिरी बायुमण्डलको तापक्रम दशलाख केल्भिन भन्दा बढि छ जबकि यसको देख्न सकिने सतहको तापक्रम ६,०००के मात्र छ।

वैदिक धारणा वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ।

यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हो।

          November 25, 2018 11:10 am | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...