Sunday 22nd March 2026

एक महिलाको भिरबाट खसेर मृत्यु

7 years अगाडी

बाजुराको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर ज्यान गएको छ । प्रहरीले बडिमालिका नगरपालिका ९ बाउली बस्ने ४५ वर्षीया दाबासाङ्मु गुरुङको ज्यान गएको जानकारी दिएको हो । उनी स्थानीय पेमाग्याल्बो गुरुङकी श्रीमती हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।

मृतक गुरुङको शव साँफेमार्तडीको पिच सडकमा आज बिहान ४ः४५ बजेतिर स्थानीयवासीले फेला पारेको बताइएको छ। मृतकको शवपरीक्षणका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले बताए ।

          November 25, 2018 11:19 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...