Sunday 22nd March 2026

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

7 years अगाडी

नारायणपुर। दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो।

दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ। जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ।

एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए। नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा १ज १२३ नं को एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ।

          November 25, 2018 12:58 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...