Sunday 13th July 2025

नेपाल रजक सेवा समाजद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग ।

7 years अगाडी

साउदि सम्वाददाता,

साउदी अरब – नेपाल रजक सेवा समाज कतारले  हाँसपुर नगर पालिका वार्ड ८ भतही धनुषाका एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । गरिबीको कारण आर्थिक संकटमा रहेका गुलेसर साफीलाई समाजले नगद ३० हजार रुपैया आर्थिक सहयोग गरेको हो । समाजका पदाधिकारीहरु उनको घरमा पुगि नगद हस्तान्तरण गरिएको अध्यक्ष कुल्दिप रजकले बताए । उनले दिएको जानकारी अनुसार रजक सेवा समाज साउदी अरब, कतार, दुबई मलेसिया लगायतका देशहरू  कृयाशिल रहेको छ ।

१ छोरा र ३ छोराछोरीको पढाइ लेखाईमा सहयोग पुग्ने हेतुले रकम संकलन गरि सहयोग गरेको हो ।समाजले सफि परिवार जस्ता गरिव तथा विपन्न परिवारलाई सहयोग पुर्याउद‌ै आइरहेको छ ।

समाचार श्रोत: श्याम कुमार साफी, ताबुक साउदी अरब ।

          November 26, 2018 10:38 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...