Saturday 20th December 2025

दीपिका र रणवीरको रिसेप्सनका लागि कट्रिनालाई विशेष निमन्त्रणा

7 years अगाडी

बलिउड फिल्म उद्योगमा अभिनेता रणबिर कपूरका कारण दीपिका पादुकोण र कट्रिना कैफ एक अर्काको शत्रुजस्तै बनेका थिए ।तर अहिले सार्वजनिक खबरहरुका अनुसार दीपिका र कट्रिनाबीचको शत्रुता मित्रतामा बदलिइसकेको छ । रणबिर कपूरसँगको ब्रेकअप छि रणवीर सिंहका साथ विवाह गरेकी दीपिकाले उनको विवाहको पार्टीमा कट्रिना कैफलाई निम्तो पठाएकी छिन् । डिसेम्बर १ मा रणवीर र दीपिकाले बलिउड कलाकारहरुको लागि मुम्बईमा भव्य रिसेप्सनको आयोजना गर्दैछन । रिसेप्सनमा बलिउडका कैयौँ कलाकारहरु सहभागी हुनेछन् । यसै रिसेप्सनका लागि कट्रिनालाई पनि बोलाइएको छ ।

कट्रिना केफले यस पार्टीमा सहभागी हुने वा नहुने बिषयमा भने कुनै प्रतिक्रिया दिएकी छैनन् । उनी अहिले यस विषयमा अभिनेता सलमान खानसँग छलफल गरिरहेकी छिन् ।  र यदि सबैकुरा सही भयो भने कट्रिना सलमान खान र अली अब्बास जफरका साथ रिसेप्सनमा सहभागी हुन सक्छिन् । कट्रिनालाई दीपिकाले मात्रै नभई रणवीर सिंहले समेत व्यक्तिगत रुपमा म्यासेज गरेर पार्टीका लागि निमन्त्रणा दिएका छन् ।

यही नोभेम्बर १४ र १५ मा रणवीर सिंह र दीपिका पादुकोणको विवाहपछि यो जोडीले विवाहका तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो । त्यस बेला अभिनेत्री कट्रिना कैफले यो नवविवाहित दीपवीरलाई विवाहको शुभकामना दिएकी थिइन् । विवाहको तस्बिरसँगै कमेन्टमा कट्रिनाको शुभकामनाले धेरैको ध्यान खिचेको थियो । किनकी कट्रिना र दीपिकाबीचको शीतयुद्ध बलिउड उद्योगमा  सर्वविदितै छ । कट्रिनाले दीपिकाले सार्वजनिक गरेका विवाहको तस्बिरमा मात्रै नभई रणवीर सिंहले सार्वजनिक गरेका तस्बिरमा समेत विवाहको बधाई तथा शुभकामना दिएकी थिइन् ।

          November 27, 2018 10:53 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...