Monday 14th July 2025

ज्यान बचाउन गाह्रो छ विरानो मुलुक मलेसियामा (भिडियो सहित)

7 years अगाडी

सल्यानमा जन्मिएका चुर्ण पुन मगर, हाल बर्दियामा बसोबास गर्दै अाएकाछन् । रोजगारीको सिलसिलामा प्रवासमा रहेपनि सानै देखि गीत संगीत तथा साहित्य सिर्जना प्रति रुचि राख्ने सच्चा लेखक पनि हुन । साहित्य सिर्जनाका लहरहरु फेसबुक तथा टुइटरका भिट्टहरुमा सजाउदै अाएका पुनले, मगरहरुको पहिलो कृर्ति झोर्ले संयुक्त गजल संग्रहमा अाफ्नो शब्द राख्न सफल भएकाछन्,भने फुट्करमा धेरै कृर्तिहरुमा अाफ्नो शब्द राखिसकेका छन् । साथै गीति लेखनमा पहिलो प्रयास “अाउ है सानू अनलाइन रोधीघर” बाट सुरु भएको यात्रा “पाखै भरि फुलेको प्याउलिको फुल” हुँदै यो पटक “ज्यान बचाउनै गाह्रो छ मलेसियामा” भन्ने गीतको शब्द सिर्जना गरेकाहुन् ।

सुखल भट्टराई र सावित्रा रिमालको संयुक्त प्रस्तुतिमा बजारमा ल्याउनु भएको छ, लाखौं श्रमजीवी नेपाली दाजुभाई बाध्यताले मलेसियामा श्रम बेच्नु पर्ने यो अवस्थामा यहाँ कार्यरत हजारौं श्रमकले भोग्नु परेको सास्ती र चरम श्रम शोषणको उपज, एउटै अावाज बोल्ने “ज्यान बचाउन गाह्राे छ मलेसियामा” कारुणिक गीति संग्रह बजारमा ल्याउनु भएको हो । रोजगारीका लागि सबैको ध्यान केन्द्रित रहेको मलेसिया यतिबेला सबैले छिछि गरिरहेकाछन् । लाखौंको संख्यामा मलेसियामा कार्यरत रहेका दाजुभाइ वर्षेनी सयौंको संख्यामा अकालमा ज्यान गुमाउनु परेको छ, भने कति कुटपिटमा परेकाछन् ।

मोबाइल गायब भएकाछन्, कसैको ज्यान समेत गुमाएका छन् । धेरैको यहीँ कथन छ ज्यान जोगाउन गाह्रो छ मलेसियामा । प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा सर्जक चुर्ण पुन मगर ले सम्पूर्ण परदेशीहरुका पिडालाई शब्दमा समेटेर जनचेतनामूलक सन्देश दिने कोसिस गरेकाछन् । भने गायक सुखल भट्टराई र गायिका सिर्जना हुमगाइको आवाजमा सजिएको यस गीतमा लय सावित्रा रिमालले भरेकाछन् । सहयोगी पात्रहरूमा, गोमा मगर/हिरु अाले मगर/बबिता मोक्तान रहेकाछन् । रमा थपलिया र बुद्धि वीर थापाको अभिनय रहेको छ । निर्देशनमा बबिता श्रेष्ठ छिन् भने छायाङकनमा मुकेश हुमगाइको महत्त्वपूर्ण भुमिका रहेको छ । भिडियो हेर्नुहोस ।

          November 27, 2018 1:34 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...