छुट्टा छुट्टै सडक दुर्घटनामा ४ घाइते
मोरङ, मंसिर ११ गते । १ नम्बर प्रदेश अन्तर्गत मोरङ र झापामा सोमवार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परि ४ जना घाइते भएका छन् । मोरङको बेलबारी नगरपालिका-४ धरहरा स्थित भित्री सडक खण्डमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खादा ३ जना घाईते भएका छन । उत्तर बाट दक्षीण तर्फ जादै गरेको को २४ प ९२७५ नम्बरको मोटरसाईकल र बिपरीत दिशा तर्फ आउदै गरेको को १३ प ७८१८ नम्बरको मोटरसाईकल सोमबार साँझ साढे ५ बजेको समयमा एक आपसमा ठक्कर खाएको थियो ।
ठक्कर खादा को २४ प ९२७५ नम्बरको मोटरसाईकलका चालक जिल्ला सुनसरी ईटहरी नगरपालिका-१० बस्ने बर्ष अन्दाजी ३६ को चिरन्जिबी आचार्य र उक्त मोटरसाईकलमा पछाडी सवार सोही स्थान बस्ने बर्ष अन्दाजी ३५ को सन्तोस लम्साल गम्भिर घाइते भएकोले धरानको घोपामा उपचार भईरहेको छ । साथै को १३ प ७८१८ नम्बरको मोटरसाईकल चालक जिल्ला मोरङ बेलबारी-५ बस्ने बर्ष २२ को रोमन चौधरी समेत घाईते भएकोले बेलबारी नोबेल अस्पतालमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
यसैगरी झापाको कमल गाउँपालिका-४ स्थित भित्री सडक खण्डमा पिकअपको ठक्करबाट ४ बर्षिय बालक घाईते भएका छन । दक्षिनबाट उत्तर तर्फ आउदै गरेको मे.१ च.३६०६ नम्बरको पिकअपले कमल गाउँपालीका-५ बस्ने प्रमेष राइको छोरा वर्ष ४ को जेडान राईलाई सोमबार साँझ ५ बजे बाटोमा खेलिरहेको अवस्थामा ठक्कर दिइ घाइते बनाएको थियो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तत्काल घाईते बालकलाई उद्दार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको थियो । गाडी र गाडी चालक शिवसतासी नगरपालिका-५ बस्ने वर्ष ३३ को लय चिमरीयालाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
November 27, 2018 3:23 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता