Sunday 22nd March 2026

घरेलु मदिरा निरुत्साहित गर्न प्रहरी परिचालन

7 years अगाडी

वालिङ । जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ। घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

“जिल्लाका सबै स्थानमा रहेका प्रहरी निकायलाई कडाइका साथ घरेलु मदिरा नियन्त्रण गर्न परिचालन गरेका छौँ”, उनले भने, “आगामी दिनमा पनि घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणलाई निरुत्साहित गर्न कडाइका साथ कदम चालिने छ।” प्रहरीले शुरुमा घरेलु मदिरा उत्पादन नगर्न आग्रह गर्ने तर पटक–पटक मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको पाइए कानूनी दायरामा ल्याउने जनाएको छ।

यसैबीच प्रहरीले मङ्गलबार स्याङ्जाको पुतलीबजार नगरपालिका र चापाकोट नगरपालिकाका बजारक्षेत्रका भट्टी पसलबाट ५५ लिटर घरेलु मदिरा, मदिरा बनाउने कच्चा पदार्थ ४५० लिटर र भाँडाकुँडा बरामद गरी स्थानीयवासी, जनप्रतिनिधि तथा पत्रकारको रोहबरमा नष्ट गरेको थियो।

          November 28, 2018 9:38 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...