लेस्टर सिटी लिग कपको क्वार्टर फाइनलमा
7 years अगाडी
Susma Dhakal
साउथह्याम्टनलाई पराजित गर्दै लेस्टर सिटी इंग्लिस लिग कपको क्वार्टर फाइनलमा पुगेको छ ।मंगलबार राति भएको खेलमा लेस्टारले साउथह्याम्टनलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्यो । पेनाल्टीमा साउथह्याम्टनका मानोलो गब्बियाडिनीको प्रहार ड्यानी वार्डले बचाएपछि लेस्टरले क्वार्टर फाइनलमा म्यान्चेस्टर सिटीसँगको भिडन्त तय गरेको हो ।
लेस्टरको मैदानमा भएको खेलको निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पहिलो पाँच पेनाल्टीमा दुबै टिमले ५–५ गोल गरेका थिए ।

त्यसपछि साउथह्याम्टनका गब्बियाडिनीको प्रहार लेस्टरका गोलकिपर ड्यानी वार्डले बचाए । त्यसपछि नाम्पालिज मेन्डीले गोल गरेपछि लेस्टर विजयी भयो ।
November 28, 2018 10:07 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...