Sunday 22nd March 2026

सेयर गरौ,यी कम्पनीले गरे १५ लाखमै घर बनाइदिने घोषणा !

7 years अगाडी

राजधानीको भृकुटीमण्डपस्थितमा जारी ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो’ अन्तिम दिनसम्म आइपुग्दा कम्पनीहरुले विभिन्न अफर घोषणा गरेका छन्। आइतबार सकिन लागेको प्रदर्शनीमा कम मूल्यमा गुणस्तरीय घर निर्माण गरिदिने अफर विभिन्न कम्पनीले घोषणा गरेका छन्।मेलामा तीन लाख रुपैयाँमै घर निर्माण गर्ने अफरसमेत केही कम्पनीले ल्याएका छन्। घर निर्माणको सम्पूर्ण समाधान एकै थलोमा उपलब्ध भएको यसै अवसरमा नयाँ प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे जानकारी पाउन सकिने आयोजकले जनाएको छ। मेलामा अहिलेसम्म एक लाखभन्दा धेरैले अवलोकन गरिसकेको मेलाका सहआयोजक ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले बताए।

मेलामा क्षमादेवी बिल्डिङ मेटेरियल्स्ले प्रिफ्याबका घर तीन लाख रुपैयाँमै बनाइदिने योजना ल्याएको गजुरेलले जानकारी गराए। निर्माण क्षेत्रमा भित्रिएका नवीनतम् प्रविधि प्रदर्शनीमा राखिएका छन्। ‘मेलामा घर निर्माण गर्ने सम्पूर्ण सामग्री र निर्माणका लागि आवश्यक प्राविधिक सल्लाह उपलब्ध छ,’ गजुरेलले भने, ‘घर बनाउने सोच बनाइरहेकालाई निर्माण सामग्री र प्रविधिबारे जानकारी लिने उपयुक्त थलो हो।’ मेलामा निर्माण सामग्रीका नवीनतम् प्रविधिमा अवलोकनकर्ताको भीड लागिरहेको छ।

 

आयोजकका अनुसार मेलामा विभिन्न ६० कम्पनीका सयभन्दा बढी स्टल रहेका छन्। जसमा निर्माण सामग्री, पेन्टस्, सिमेन्ट, फर्निचर, पाइप तथा फिटिङ्स, फर्निसिङ, प्रिफ्याब, जग्गा तथा आवास कम्पनी, इन्टेरियर डिजाइनर, स्टिल, इँटा तथा मार्बल, विद्युतीय सामग्री, बिमा, सौर्य ऊर्जा, बैंकका आवास कर्जा योजनालगायतका स्टल रहेका छन्।मेलामा घर निर्माण गर्ने सामग्रीका साथै सुरक्षित आवास निर्माण गर्ने तरिका तथा वास्तुशास्त्रबारे अवलोकनकर्तालाई परामर्श उपलब्ध गराइरहेको गजुरेलले बताए। इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामग्री उत्पादक तथा बिक्रेता लगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले मेला आयोजना गरिएको उनको भनाइ छ।

द कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्स (वाइसिएनसी) को मुख्य आयोजनामा भएको मेलाको सहआयोजक नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म र ब्रान्डवर्थ प्रालि रहेका छन्।मेलाको मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, पेन्ट्स् पार्टनर बर्जर पेन्ट्स् र प्रायोजक क्षमादेवी बिल्डिङ् मेटेरियल्स् रहेको आयोजकले जानकारी दिएको छ। मेलालाई निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सहयोग गरेको छ। मेलाको अन्तिम दिन आइतबार पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहने अपेक्षा आयोजकले व्यक्त गरेको छ।

          November 28, 2018 10:43 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...