Sunday 22nd March 2026

जीर्ण कारागारमा कैदीबन्दी, जेलभित्रै आन्तरिक झगडा

7 years अगाडी

कालीकोट । जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन्। कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट गर्न पनि अपठेरो भएको छ।

उनी भन्छन्, “अनुगमन मात्रै हुन्छ तर काम हुँदैन। विसं २०३८ मा निर्माण भएको कारागारको भौतिक संरचना नाजुक भएकाले कैदीबन्दीलाई राख्न कठिनाइ भएको हो। कारागारको पुरै पर्खाल भूकम्पले चिराचिरा परेकाले कुनै बेला पनि भत्किने हो कि भन्ने डर मानेर बस्नु परिरहेको छ।”

कारागारमा शुद्ध पिउने पानी, खेलकूद मैदान, सीप आर्जनका लागि आवश्यक सामग्रीको अभाव छ। वर्षायाममा कारागारमा पानी चुहिने भएका कारण जीर्ण भवन भत्किने सम्भावना रहेको कारागार प्रमुख बुढाको भनाइ छ। कारागारमा १५ पुरुष र १० महिलाको क्षमता भए पनि अहिले ६७ पुरुष, सात महिला गरी ७४ कैदीबन्दी छन्। क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा झन् समस्या थपिएको छ।

          November 29, 2018 9:57 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...