नेपालमा डरलाग्दो तरिकाले बढ्दैं सम्बन्धविच्छेदका मुद्दा ,यसको असर भयावह हुने संकेत
धादिङ । सम्बन्ध विच्छेद विशेष गरेर पश्चिमा देशहरुमा सामान्य मानिन्छ । अहिले पश्चिमा देशहरुमा भएको रोग नेपाली समाजमा देखिन थालेको छ । नेपालको हरेक क्षेत्रहरुमा पश्चिमा संस्कृतिले राम्रो प्रभाव पारेको छ । पहिलेको विवाहमा सात जन्म सँगैं हुने कसम खाने गर्थे तर अहिले समय फेरिएको छ । सानोसानो कुरामा पनि दम्पतीहरुले सम्बन्ध विच्छेद गर्न खोज्छन । जिल्ला अदालत धादिङले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै ३ नम्बर प्रदेशमा अब्बल जिल्ला अदालत सावित गरेको छ ।
हालै भएको चौमासिक समीक्षामा जिल्ला अदालत धादिङले गत चौमासिकमा लक्ष्यको तुलनामा १६३ प्रतिशत मुद्दा फैसला गरेको हो । गत चौमासिकमा जिल्ला अदालतले १३० थान मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा २१३ थान मुद्दा फैसला गरी मुद्दा फैसलामा द्रुतगति दिएको जिल्ला अदालतका स्रेस्तेदार नवराज दङ्गालले बताए । यस्तैं अवस्थामा सम्बन्ध विच्छेद हुँदैं जाने हो भने भोलिका दिनमा नेपालमा यसको भयावह स्थित सृजना हुने जानकारहरु बताउँछन ।
देवानी १९४ र फौजदारी १३६ र पुनरावेदनका लागि आएका दुई मुद्दा गरी जिल्ला अदालतमा कात्तिक मसान्तसम्ममा ३३४ मुद्दा फछ्र्योट हुन बाँकी रहेको छ । जिल्ला अदालतमा पुरुष वादी भएका सम्बन्धविच्छेदका २७ थान मुद्दा परेकोमा छ थान मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष ०७४÷७५ मा सम्बन्धविच्छेदका २०५ थान मुद्दा दर्ता भएकोमा १४४ थान मुद्दा फछ्र्योट भएको थियो । जिल्ला अदालतले फैसला कार्यान्वयनतर्फ ८७ प्रतिशत मुद्दा कार्यान्वयन भएको जनाएको छ ।
November 29, 2018 10:17 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता