काठमाडौंमा आजदेखि जोर बिजोर प्रणाली लागू
काठमाडौँ । सार्क शिखर सम्मेलन र बिम्स्टेक शिखर सम्मेलनका बेलाझै काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू भएको छ। आज बिजोर प्रणालीका गाडीहरु गुडन पाउन भएका छन्। सडकको दुरावस्था तथा जामका कारण सास्ती भौग्दै आएका काठमाडौंका यात्रुहरुले हैरानी खेप्नुपर्ने निश्चित छ। एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ)को कार्यक्रमको लागि भनेर सरकारले यात्रुलाई दुःख दिने गरि जोर विजोर प्रणाली लागु गरिएको हो।
क्रिस्चीयन धर्मप्रचारक संस्था भनेर आरोप लाग्ने गरेको संस्था युनिभर्सल पिस फेडेरेसन युपिएफ आयोजक रहेको कार्यक्रममका लागि यस्तो प्रणाली लागु गरिएको हो। एशिया प्याशिफिक समिट नाम दिइएको यस कार्यक्रमका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको हो। गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले आजदेखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ। अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन्।
November 29, 2018 10:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता