Sunday 22nd March 2026

एक्कासी किन पुगे डा. गोविन्द केसी बझाङमा ?

7 years अगाडी

बझाङ्ग । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी एक्कासी बझाङ्ग आइपुगेका छन्। मंगलबार दिउँसो डा. केसी एकाएक देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा आइपुगे। देशभरका विभिन्न ठाँउको स्वास्थ्य अवस्थाको जानकारी लिन अभियान नै चलाएका डा.केसी बझाङ जिल्ला आइपुगेको बताएका छन्।

बुधबार र बिहीबार हाडजोर्नी तथा नसा रोग भएका बिरामीहरुका लागि दुई दिने क्याम्प समेत सञ्चालन गरिने देउलेख प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सन्दीप ओखेडाले जानकारी दिए।

डा. केसी औषधि सहित निःशुल्क सेवा प्रदान गर्ने भन्दै देउलेख प्राथमिक स्वास्थ्य केन्द्र आइपुगेका हुन्। उनले हाडजोर्नी र नसा सम्बन्धी कुनै रोग भए निःशुल्क रुपमा उपचार गराउन बझाङवासीहरुलाई आग्रह गरेका छन्।

          November 29, 2018 11:03 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...