Sunday 22nd March 2026

१८ करोड को गाडी प्रकरण बारे पहिला चोटी राष्ट्रियपति भण्डारीले खोलिन मुख

7 years अगाडी

राष्ट्रपति विद्यादेवी भण्डारी हिजोआज पत्रपत्रिकामा छापिएका समाचार, सम्पादकीय र टिप्पणीका कारण पक्कै पनि दुःखी भएको हुनुपर्छ । किनभने, उनी पहिलो पटक राष्ट्रपति निर्वाचित हुँदा तिनै पत्रपत्रिकाले नेपालको पहिलो महिला राष्ट्रपति भनेर बडो गर्वका साथ ‘हेडलाइन’ समाचार छाप्थे । तर, अहिले आएर तिनै राष्ट्रपति भण्डारीलाई महाराजगञ्जस्थित प्रहरी प्रतिष्ठानको जग्गा र राष्ट्रपति कार्यालयको लागि नेपाल सरकारले सवारीसाधन खरिद गर्न बजेट छुट्याएको कुरालाई लिएर पत्रपत्रिकाले निकै उछालेका थिए ।यसले नेपाली मिडियाको चेतनास्तर र दूरदर्शितालाई उजागर गरेको छ । किनभने, राष्ट्रपति भवनको विस्तार र त्यसको सेवासुविधाका विषय राष्ट्रपतिको चाहनाले हुने होइन । त्यो राज्यको आवश्यकताको कुरा हो । विश्वमा जहाँ पनि राष्ट्रपति भवन सभ्य र भव्य हुन्छ । यहाँ त राष्ट्रपति भवन नै छैन भने पनि हुन्छ । परराष्ट्र मन्त्रालय बसेको पुरानो भवनलाई डेन्टिङ पेन्टिङ गरेर राष्ट्रपति भवनको आवरण दिइएको छ । त्यो पनि भूकम्पका कारण चिराचिरा परेको अवस्था छ ।

 

त्यो जीर्ण भवनलाई आधुनिक सुविधासम्पन्न बनाउनु भनेको व्यक्तिको होइन, राष्ट्रको प्रतिष्ठासँग गाँसिएको विषय हो । राष्ट्रपति कार्यालय भन्नासाथ विश्वका राष्ट्र प्रमुख, प्रधानमन्त्री र कूटनीतिक नियोगको प्रमुखहरु औपचारिक कार्यक्रममा आउने थलो हो । त्यस्तो ठाउँलाई विस्तार गर्नु राष्ट्रकै गौरवको कुरा हो । यस्तो कुरामा पत्रपत्रिका र सामाजिक सञ्जाल सकारात्मक मात्र होइन रचनात्मक पनि बन्नुपर्छ । भारतकै राष्ट्रपति भवनको कुरा गर्ने हो भने पनि त्यहाँभित्र राष्ट्रप्रमुखका अति विशिष्ट पाहुनाहरुलाई बस्ने अतिथिगृह, बैठक कक्षदेखि विदेशी राष्ट्र प्रमुखको सम्मान गारतका लागि सुविधासम्पन्न प्राङ्गण सुविधा छ । त्यो प्राङ्गण वरपर सुन्दर फूलका बगैँचा छन् ।

यसो भन्दा आलोचना गर्नेहरुले भन्न सक्लान्– भारत ठूलो देश हो । त्यसको तुलना किन गर्ने ? देश ठूलो सानो भए पनि राष्ट्र प्रमुखको समान हैसियतको हुन्छ । विश्वभर राष्ट्रपति भवनको जुन मापदण्ड छ त्यसबमोजिम राष्ट्रपति भवन बनाउँदा नेपालीको इज्जत बरु बढ्ला, घट्दैन । जहाँसम्म अठार करोडको सवारीसाधन खरिद गर्न सरकारले राष्ट्रपति कार्यालयका लागि बजेट छुट्याएको प्रसंग छ, त्यो पनि आवश्यकता हेरेरै सरकारले गरेको निर्णय होला ।

तर, त्यो निर्णयलाई मिडियाले ‘अठार चक्के’ सवारीसाधन खरिद गर्न लागेको जस्तै गरी प्रचार गरियो । जनताले पनि त्यही रुपमा बुझे । वास्तवमा सरकारले ‘अठार चक्के’ ट्रक किन्न खोजेको होइन । विदेशी पाहुनालाई समेत सुविधा हुने गरी विभिन्न खालका चार, पाँचवटा अत्याधुनिक गाडी किन्न खोजेको समाचार बाहिर आएको छ ।यो कुरालाई सामाजिक सञ्जालले आकाशै खस्लाजस्तो गरेर टिप्पणी गरेका छन् । आलोचना गर्न पाउनु नागरिकको अधिकार हो । कौवाले कान लग्यो भन्दैमा कौवाको पछाडि दगुर्नुचाहिँ मूर्खता हो । सामाजिक सञ्जाल सकारात्मक कुरामा भन्दा नकारात्मक कुरामा बढी केन्द्रित देखिन्छ । जहाँसम्म अठार करोडको सवारीसाधन खरिद गर्न सरकारले राष्ट्रपति कार्यालयका लागि बजेट छुट्याएको प्रसंग छ, त्यो पनि आवश्यकता हेरेरै सरकारले गरेको निर्णय होला ।

तर, त्यो निर्णयलाई मिडियाले ‘अठार चक्के’ सवारीसाधन खरिद गर्न लागेको जस्तै गरी प्रचार गरियो । जनताले पनि त्यही रुपमा बुझे । वास्तवमा सरकारले ‘अठार चक्के’ ट्रक किन्न खोजेको होइन । विदेशी पाहुनालाई समेत सुविधा हुने गरी विभिन्न खालका चार, पाँचवटा अत्याधुनिक गाडी किन्न खोजेको समाचार बाहिर आएको छ । यो कुरालाई सामाजिक सञ्जालले आकाशै खस्लाजस्तो गरेर टिप्पणी गरेका छन् । आलोचना गर्न पाउनु नागरिकको अधिकार हो । कौवाले कान लग्यो भन्दैमा कौवाको पछाडि दगुर्नुचाहिँ मूर्खता हो । सामाजिक सञ्जाल सकारात्मक कुरामा भन्दा नकारात्मक कुरामा बढी केन्द्रित देखिन्छ ।

          November 29, 2018 11:22 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...