एसइईको समयतालिका सार्वजनिक ,एसइई परीक्षा चैत्र १० गतेबाट संचालन हुने
काठमाडौं : फलामे ढोका मानिने परीक्षा चैत्र १० गतेबाट संचालन हुने भएको छ ।नियन्त्रण कार्यालय सानोठिमीले एसइईको समयतालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबारको बैठकले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको समय तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार चैत्र १० गतेबाट चैत्र २१ गतेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेबाट सुरू भएर ११ बजेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ।

बोर्इका अनुसार नियमित तथा ग्रेडवृद्धि दुवै समूहको परीक्षा तालिकाअनुसार एउटै समयमा नियमितको नयाँ पाठ्यक्रम र नयाँ तथा पुरानो दुवै पाठ्यक्रममा आधारित प्रश्न सोधिने छ। त्यस्तै पुरानो पाठ्यक्रमबाट ग्रेडवृद्धि परीक्षामा सम्मिलित परीक्षार्थीले जिल्ला सदमुकाम वा जिल्लाका सबै विद्यालयलाई पायक पर्ने गरी एउटै केन्दै राखिने बोर्डले जनाएको छ।
November 29, 2018 11:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता