पैसा कमाउन साउदि छिरेका एक नेपाली उतै अस्ताय ।
तेज थापा,
साउदी अरब – वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब आएका एक नेपालीको दुःखद निधन भएको छ । ताबुक स्थित आस्त्रा कम्पनीमा काम कार्यरत यम बहादुर वलीको अस्पतालमा उपचार कै क्रममा निधन भएको हो ।
केही समयदेखि अस्वस्थ रहदै आएका उनि १७ नोभेम्ब, २०१८ मा एक्कासी बिमारले चापे पछि प्रीन्स फाहाद बिन हस्पिटलमा भर्ना भएका थिए । अवस्था अत्याधिक नाजुक रहेको डाक्टरले तत्कालै सल्यक्रिया गर्नु सल्लाह दिए पछि गत शुक्रबार २३, नोभेम्बर शल्यक्रिया भएको थियोे । शल्यक्रिया पश्चात् अस्पतालको ICU कक्ष मै मृत्यु भएको उनका सहकर्मी दिनेश तामाङ र मनिराम ढकालले आफुलाई जानकारी दिएको एनआरएनए ताबुकका क्षेत्रीय अध्यक्ष अर्जुन थापाले बताए ।
मृतक वलीको ७ महिना अघि पनि पायल्सको सल्यक्रिया भएको थियो । शल्यक्रिया पछि “वहाँको स्वास्थ्यमा खासै सुधार नभइ थप अरु बिमारले समेत च्यापेको थियो”- क्षेत्रीय अध्यक्ष थापाले भने । साथै घटनाको विवरण जेद्धा कन्सुलरमा समेत अवगत गराएको उनले बताए ।
घोराही उ . म . न . पा .३, दाङ स्थाइ घर भएका वली ७ बर्ष देखी साउदि अरब कार्यरत थिए । मृतकका श्रीमती र दुई छोरीहरु छन् भने घरको आर्थिक स्थिति अति कमजोर रहेकोले परिवारको भविष्य समेत अन्योलमा पर्ने भएको छ ।
November 29, 2018 11:12 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन