Monday 21st July 2025

सहिद स्मारक ए डिभिजन लिग: एपीएफलाई पराजित गर्ने दाउमा थ्री स्टार

7 years अगाडी

काठमाडौँ, १४ मंसिर । सहिद स्मारक ए डिभिजन लिगमा आज नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी तथा दोस्रो खेलमा थ्री स्टार र एपीएफले प्रतिस्पर्धा गर्दैछन् ।हालसम्म पनि एक खेल जित्न नसकेको एनआरटी पुलिसलाई हराउने दाउमा छ । तर, लयमा रहेको पुलिस तेस्रो जितको खोजीमा छ ।सम्रग सन्तुलित खेल खेलेको पुलिसमाथि एनआरटीले कस्तो खेल प्रदर्शन गर्ने हो सबैको चासोको रहेको छ ।

पुलिस ७ अंक सहित तालिकाको छैटौ स्थानमा छ । एनआरटी १ अंक सहित तालिकाको पुछारमा छ ।आज हुने दोस्रो खेलमा थ्री स्टारले एपीएफसँग आमनेसामने गर्दैछ ।

एक दिन भएपनि लिगको शीर्ष स्थानमा उक्लिने मौकालाई सदुपयोग गर्ने दाउमा रहेको थ्रिस्टार विभागीय टिमलाई पराजित गर्ने रणनीतिमा रहेको छ । यसअघि थ्री स्टारले फ्रेन्ड्स क्लबसंग २–१ को जित निकालेको थियो ।थ्री स्टार ३ जित, १ बराबरी सहित ९ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । एपीएफ ४ अंकका साथ नवौ स्थानमा छ ।

          November 30, 2018 10:45 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...