Sunday 22nd March 2026

हत्या गर्नुको कारण यस्तो पो रहेछ , बालक हत्यामा संलग्न सार्की पक्राउ

7 years अगाडी

गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । उनी दुई दिनअघि देखि बेपत्ता भएका थिए ।बालकको शव म्हेपीमा झोलामा पोको पारेको अवस्थामा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेको छ । सार्की बालक कुँवरका बाबु प्रविण कुँवरको गोंगवुमा रहेका गेष्ट हाउसमा काम गर्दै आएका थिए । राम्ररी काम गर्न नसकेपछि प्रविणले सार्कीलाई कामबाट हटाउने चेतावनी दिएका थिए ।

त्यसपछि सार्कीले रिस फेर्न प्रविणका ८ वर्षिय छोरा प्रयासको अपरहण गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । सार्कीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा अपहरण गरेकै राती वालकको हत्या गरेको उनले स्वीकारेका छन् । एसएसपी सिंहका अनुसार सार्कीले हत्या गरेको स्वीकारेका छन् भने वालकको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

बालकको शव म्हेपीमा झोलामा पोको पारेको अवस्थामा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेको छ । सार्की बालक कुँवरका बाबु प्रविण कुँवरको गोंगवुमा रहेका गेष्ट हाउसमा काम गर्दै आएका थिए । राम्ररी काम गर्न नसकेपछि प्रविणले सार्कीलाई कामबाट हटाउने चेतावनी दिएका थिए ।त्यसपछि सार्कीले रिस फेर्न प्रविणका ८ वर्षिय छोरा प्रयासको अपरहण गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । सार्कीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा अपहरण गरेकै राती वालकको हत्या गरेको उनले स्वीकारेका छन् । एसएसपी सिंहका अनुसार सार्कीले हत्या गरेको स्वीकारेका छन् भने वालकको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

          November 30, 2018 10:51 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...