Sunday 22nd March 2026

बूढीगण्डकीलाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड

7 years अगाडी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन सरोकार पक्ष एक मत देखिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परियोजना स्थल गोरखा र धादिङका प्रभावित जनता र स्थानीय राजनीतिक दलका प्रतिनिधिले परियोजना छिटो अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

आज यहाँ आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको पुनर्वास तथा पुनःस्थापना नीतिको मस्यौदा’माथि भएको छलफलका क्रममा सरोकारवालाले आयोजनामा देखिएका समस्या तत्काल समाधान गरेर जानुपर्नेमा जोड दिएका हुन् ।कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वमन्त्री राजेन्द्र पाण्डे, कमला पन्त, नेपाली काङ्ग्रेसका पूर्वप्रमुख सचेतक चीनकाजी श्रेष्ठ, सङ्घीय संसद् तथा प्रादेशिक संसद्का सांसद, विषय विज्ञ र प्रभावित क्षेत्रका बासिन्दाको सहभागिता रहेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले सरकारका अगाडि जलविद्युत् परियोजनाका लागि धेरै विकल्प भए पनि बहुद्देश्यीय परियोजनाका रुपमा बूढीगण्डकीलाई अघि बढाउन खोजिएको बताए।उनले भने “आयोजनको ‘मुआब्जा, पुनःस्थापनालगायतका प्रक्रिया अघि बढाउन सबैको साथ र सहयोग जरुरी रहेको छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिने मुआब्जा यसै वर्षभित्र प्रदान गरिसक्ने लक्ष्य राखिएको छ । त्यसमा सहयोग गर्नुस् ।” जवाफमा मन्त्री पुनले यसबारे आवश्यक निर्णय गरेर अघि बढ्ने बताए।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सो परियोजना अघि बढाउनका लागि आफूले जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताए। परियोजनाका काम ढिलो भएकाले समस्या थपिँदै गएको बताउँदै उनले अब एकमुष्टरुपमा मुआब्जा वितरण गरेर अधिग्रहण गरिएको जग्गामा जनतासँग कर नलिने गरी अघि बढ्नुपर्ने उल्लेख गरे ।

          November 30, 2018 11:34 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...