Saturday 20th December 2025

म्युजिक भिडियोमा पूर्ण नग्न भएर अभिनय गरेकी सारा खानले शेयर गरिन् यस्तो भिडियो

7 years अगाडी

मुम्बइ। विभिन्न भारतीय टेलिभिजन सिरियलमा काम गरेकी अभिनेत्री सारा खानले केही समयअघि एउटा म्युजिक भिडियोमा पूर्ण नग्न भएर अभिनय गरेकी थिइन् । यो भिडियोको विरोध भएपछि उनले झनै अगाडि बढ्दै उल्टै सल्लाह दिनेहरुलाई गाली गरेकी थिइन् । अहिले भने उनले त्यो भिडियोको लागि माफी मागेकी छिन् । आफ्नो म्युजिक भिडियो लञ्च गर्ने बेला विवादित बयान दिएकी साराले अहिले सामाजिक संजालमार्फत माफी मागेकी हुन् ।

उनले एक भिडियो शेयर गरेकी छिन् । भिडियोमा उनले भनेकी छिन् ‘मेरो बोल्ने तरिका गलत थियो, शब्द गलत थिए तर मेरो उद्देश्य कुनै भावनालाई ठेस पुर्याउनु थिएन ।’ साराले ब्ल्याकहर्टको पोस्टरमा नग्न पोज दिएकी थिइन् । जसका कारण उनको सामाजिक संजालमा तीव्र विरोध भएको थियो ।

          November 30, 2018 12:24 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...