जोमसोम सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको भौतिक प्रगति न्यून
म्याग्दी, १४ मङ्सिर : म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको भौतिक प्रगति न्यून छ । प्रतिकूल भूगोल, प्राकृतिक विपद्, सवारी साधनको चाप, निर्माण व्यवसायीले पर्याप्तमात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसकेका कारण कालीगण्डकी करिडोर सडकको बेनी–जोमसोम खण्डको भौतिक प्रगति न्यून भएको हो । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको सडकलाई कालोपत्र गर्न २०७४ असारमा चार भागमा विभाजन गरेर रु दुई अर्ब पचास करोडमा ठेक्का सम्भौता भएको थियो ।
आयोजनाका प्रमुख नरेन्द्र सुवेदीका अनुसार विसं २०७६ मङ्सिरसम्म काम सक्ने ठेक्का लिएका निर्माण व्यवसायीले हालसम्म करीब ३० प्रतिशत मात्र काम गरेका छन् । शर्मा–गजुरमुखी जेभीले दुई वटा, शर्मा–युनाइटेड जेभीले एक र पप्पु–तामाङ–कोशी–न्यौपाने जेभीले एक वटा भागको ठेक्का लिएको छ । कोबाङ–टुकुचे खण्डमा ग्राभेल गरिए पनि अन्य ठाउँमा सडक फराकिलो बनाउने र पर्खाल लगाउनेबाहेकका काम भएको छैन । विगत १५ महीना प्रारम्भिक चरणकै सडक फराकिलो बनाउने काममा गुजारेका निर्माण कम्पनीले अबको एक वर्षमा बाँकी ७० प्रतिशतभन्दा बढी काम पूरा गर्न चुनौती रहेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।
विसं २०६४ मा नेपाली सेनाले बाटो खालेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्ची अवस्थामा छ । नालीसहित ११ मिटर चौडाइ रहने सडकको सात मिटर चौडाइमा कालोपत्र गर्ने लक्ष्य छ । म्याग्दी खण्डको अधिकांश भूगोल कमजोर भएकाले पहिरो खसिरहने, वैकल्पिक सडक नभएको, यातायातका साधन चालू रहेको अवस्थामा काम गर्नुपरेको, बर्खामा सडक खुलाउनै केन्द्रित हुनुपरेकाले काम प्रभावित भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । दैनिक आठ घण्टा सडकमा सवारी साधन रोकेर काम गर्ने वातावरण बनाएको र निर्माण व्यवसायीले जनशक्ति र उपकरण थप गरेर कामलाई गतिदिने प्रतिबद्धता जनाएका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता