नेपाल भलिबल क्लब कुवेतको आयोजनामा भलिवल प्रतियोगिता, अलघानिम कम्पनीले चुम्यो उपाधी
![]()
कुवेत । नेपाल भलिबल क्लब कुवेतदेवारा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधी अलघानिम कम्पनीले जितेको छ। बीईसी एक्सचेन्जको प्रायोजनमा कुवेतको महाबुल्ला आयोजना भएको उक्त भलिबल प्रतियोगिताको फाइनल खेलमा मुना मायदी टिमलाइ हराउदै अलघानिम उपाधि चुम्न सफल भएको हो।
.jpg)
प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल मुना मायदी टिमले सेमिफाइनलमा बाग्लुङ सेवा समाजलाई हराएको थियो भने अलघानिमले कल्याणकारी नेपाली समाज कुवेतलाइ हराउदै फाइनलको यात्रा तय गरेको थियो। प्रथम हुने टिमले नगद १०० केडी, मेडल, ट्रफी प्रमाण पत्र र दोस्रो हुने टिमले ५० केडी, मेडल, ट्रफी प्रमाण पत्र पुरस्कार प्राप्त गरेका छन्।
.jpg)
साथै प्रतियोगिताकै बेस्ट खेलाडीको रुपमा मुना मायदीका खेलाडी केस कुमार पुर्जाले मेडल पाउन सफल भएका छन् भने आयोजकले रेफ़्री र मिडियालाई पनि मायाको चिनो सहित सम्मान गरेको छ।
.jpg)
उक्त भलिबल प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता निकै राम्रोसँग सफल भएको भन्दै प्रतियोगिताका संयोजक राज मल्लले प्रायोजक, सहभागी टिम, आयजोकका प्रतिनिधि सदस्यहरु, कुवेतमा रहेका र सहयोग पुर्याउने मिडिया हाउस लयागत सम्पूर्ण प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाइ धन्यबाद ज्ञापन गरेका छन।
.jpg)
.jpg)

.jpg)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने