कम्पनीले नयाँ इन्जिनकासाथ ल्याउन लागेको पल्सर–२०० एफमा नयाँ ग्राफिक्सकासाथमा
बजाजले आफ्नो सर्वाधिक बिक्री हुनेमध्येको एक मोडल ‘पल्सर–२२० एफ’को २०१९ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ इन्जिनकासाथ ल्याउन लागेको पल्सर–२०० एफमा नयाँ ग्राफिक्सकासाथमा इन्जिनलाई वेली–कभर दिएको छ ।यू–टुबमार्फत् सार्वजनिक भएको भिडियोमा नयाँ पल्सरमा एबीएस सिस्टम दिइएको नदेखिए पनि सुरक्षा मापदन्डलाई मध्यनजर गर्दै सिङ्गल च्यानल एबीएस दिइने अनुमान गरिएको छ । कम्पनीले २०१९ को पहिलो महिनामा नै नयाँ बाइक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
२२० सीसी सिङ्गल सिलिन्डर इन्जिनमा आउने नयाँ बाइकको इन्जिन कार्बोरेटर सिस्टमसहित आउनेछ । यसले २१ बीएचपी पावर र १९ एनएम–टर्क उत्पादन गर्ने क्षमता राख्छ ।अघिल्लो चक्कामा २६० एमएमको डिस–ब्रेक र पछाडिको चक्कामा २३० एमएम डिस–ब्रेक दिने बाइकमा १७ इन्चको ह्वील दिइनेछ । साथै, नयाँ मोडलको ह्वील–ब्ल्याक ग्राफिक्सकासाथ आउनेछ, जसले बाइकलाई निकै स्पोर्टी बनाउनेछ ।
१५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइने उक्त बाइक ३.२ लिटर पेट्रोल बाँकी रहँदा रिजर्भमा लाग्नेछ । उक्त बाइकले ३८ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ ।नयाँ पल्सर–२२० एफको टप–स्पीड क्षमता १३४ किलोमिटर प्रतिघन्टा रहेको छ भने बाइकले ०–६० किलोमिटरको स्पीड भेट्टाउनमात्र ३.६ सेकेन्ड लगाउनेछ । यसलाई कम्पनीले फोर–कलर भेरियन्टमा बजारमा सार्वजनिक गर्नेछ, जसमा लेजर–ब्ल्याक, डिनो–रेड, क्रोम–ब्ल्याक र न्यूक्लियर–ब्ल्यू रहेका छन् ।
December 2, 2018 10:41 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले