कम्पनीले नयाँ इन्जिनकासाथ ल्याउन लागेको पल्सर–२०० एफमा नयाँ ग्राफिक्सकासाथमा
बजाजले आफ्नो सर्वाधिक बिक्री हुनेमध्येको एक मोडल ‘पल्सर–२२० एफ’को २०१९ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ इन्जिनकासाथ ल्याउन लागेको पल्सर–२०० एफमा नयाँ ग्राफिक्सकासाथमा इन्जिनलाई वेली–कभर दिएको छ ।यू–टुबमार्फत् सार्वजनिक भएको भिडियोमा नयाँ पल्सरमा एबीएस सिस्टम दिइएको नदेखिए पनि सुरक्षा मापदन्डलाई मध्यनजर गर्दै सिङ्गल च्यानल एबीएस दिइने अनुमान गरिएको छ । कम्पनीले २०१९ को पहिलो महिनामा नै नयाँ बाइक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
२२० सीसी सिङ्गल सिलिन्डर इन्जिनमा आउने नयाँ बाइकको इन्जिन कार्बोरेटर सिस्टमसहित आउनेछ । यसले २१ बीएचपी पावर र १९ एनएम–टर्क उत्पादन गर्ने क्षमता राख्छ ।अघिल्लो चक्कामा २६० एमएमको डिस–ब्रेक र पछाडिको चक्कामा २३० एमएम डिस–ब्रेक दिने बाइकमा १७ इन्चको ह्वील दिइनेछ । साथै, नयाँ मोडलको ह्वील–ब्ल्याक ग्राफिक्सकासाथ आउनेछ, जसले बाइकलाई निकै स्पोर्टी बनाउनेछ ।
१५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइने उक्त बाइक ३.२ लिटर पेट्रोल बाँकी रहँदा रिजर्भमा लाग्नेछ । उक्त बाइकले ३८ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ ।नयाँ पल्सर–२२० एफको टप–स्पीड क्षमता १३४ किलोमिटर प्रतिघन्टा रहेको छ भने बाइकले ०–६० किलोमिटरको स्पीड भेट्टाउनमात्र ३.६ सेकेन्ड लगाउनेछ । यसलाई कम्पनीले फोर–कलर भेरियन्टमा बजारमा सार्वजनिक गर्नेछ, जसमा लेजर–ब्ल्याक, डिनो–रेड, क्रोम–ब्ल्याक र न्यूक्लियर–ब्ल्यू रहेका छन् ।
December 2, 2018 10:41 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :