Sunday 22nd March 2026

वाइडवडी उडानमा नागरिक उड्डयन प्राधिकरणकै असहयोग

7 years अगाडी

नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडीबाट दक्षिण कोरिया उडान गर्ने योजनामा नियामक निकाय नागरिक उड्डयन प्राधिकरण नै बाधक बनेको छ। प्राधिकरणले सहयोग नगर्दा कोरिया उडान अनुमति झनै ढिला हुने देखिएको छ।

कोरियाली कम्पनीले निगमको ‘सेफ्टी अडिट’ गरेरमात्र उडान अनुमति दिने भने पनि प्राधिकरणको असहयोगका कारण हालसम्म पनि अडिट हुन नसकेको हो। निगमले कोरियासहित जापान, चीन लगायतका मुलुकमा उडानका लागि खरिद गरेको दुईथान एयरवस ३३० वाइडवडी सिरिजका जहाज अहिले पूर्ण क्षमतामा उडान गर्न सकेको छैन।

          December 2, 2018 10:51 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...