क्रिश्चियन परम्परा अनुसार निक र प्रियंकाको विवाह सकियो
अभिनेत्री प्रियंका चोपडा र निक जोनसले विवाह गरिसकेका छन् । प्रियंका र निकले डिसेक्बर १ शनिबारका दिन जोधपुरको उम्मेद भवन प्यालेसमा क्रिश्चियन रितिरिवाजमा विवाह गरेका हुन् । विवाह पश्चात उम्मेद भवन प्यालेसमा आतिसबाजी गरिएको थियो भने राति भव्य पार्टीको आयोजना पनि गरिएको थियो । डिसेम्बर १ मा सम्पन्न विवाहमा प्रियंका र निकले डिजाइनर राल्फ लोरेनले डिजाइन गरेको पहिरन लगाएका थिए । क्रिश्चियन विवाहपछि डिसेम्बर २ मा यो जोडीले हिन्दु परम्परा अनुसार विवाह गर्नेछन् ।

विवाहमा नजिकका साथीभाइ र आफन्तहरुलाई मात्रै बोलाइएको छ । विवाहका तस्बिर लिक नहुन् भन्नका लागि विवाहस्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ ।
प्रियंका र निकले सार्वजनिक गरे मेहन्दीका तस्बिर : क्रिश्चियन परम्परा अनुसार विवाह सम्पन्न भए पश्चात प्रियंका चोपडा र निक जोनसले विवाहका क्रममा मेहन्दी लगाएका केही तस्बिरहरु सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।
विवाह स्थलमै भयो झडप : प्रियंका र निकको विवाहमा गएका मिडियाकर्मी र बाउन्सरबीच झडप भएको छ । प्रियंका र निकको बिवाह गएका पत्रकारहरुको क्यामेरामा बाउन्सरले नोक्सान पुर्याउन खोजेपछि झडप भएको हो । त्यसपछि जोधपुरबाट प्रहरी विवाद शान्त बनाउन विवाहस्थलमा पुगेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग