तनहुँमा चितुवाकाे अाक्रमणबाट बालककाे मृत्यु
7 years अगाडी
Susma Dhakal
तनहुँ – चितुवाकाे अाक्रमणबाट तनहुँमा शनिबार साँझ एक बालककाे ज्यान गएकाे छ । भानु नगरपालिका – २ ढलेकाे बरमा चितुवाले अाक्रमण गर्दा १० वर्षीय बालक अमृत गुरूङकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
साँझ ७ बजेतिर बेलुकीकाे खाना खाएर हात चुठ्ने क्रममा चितुवाले बालकमाथि अाक्रमण गरेकाे अमृतका बुबा माईला गुरूङले बताउनुभयाे ।बालककाे उपचारकाे क्रममा डुम्रेमा रहेकाे लक्ष्मी अस्पतालमा ज्यान गएकाे हाे ।
यसअघि पनि भानु नगरपालिकामा चितुवाकाे अाक्रमणबाट २ बालबालिकाले ज्यान गुमाइसकेका छन् । गएकाे कार्तिक २९ गते भानु नगरपालिका– ४ की ४ वर्षीय रन्जिता लम्सालकाे चितुवाकाे अाक्रमणबाट ज्यान गएकाे थियाे । त्यस पश्चात् सुरक्षाकर्मीले चितुवाकाे खाेजी गरे पनि फेला नपरेपछि छाेडेकाे थियाे ।
December 2, 2018 11:21 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...