Saturday 7th March 2026

मिस वर्ल्ड २०१८ : दोस्रो राउण्डमा पराजित भइन् श्रृंखला, अगाडि बढ्ने सम्भावना जीवितै

7 years अगाडी

काठमाडौं, १६ मंसिर । मिस नेपाल २०१८ श्रृंखला खतिवडा हेड टु हेड को दोस्रो राउण्डमा पराजित भएकी छिन् ।चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी भइरहेकी उनी पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी थिइन् । उनी दोस्रो राउण्डमा भने मिस सिंगापुरसँग पराजित भएकी हुन् ।

दोस्रो चरणमा मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी श्रृ‌ंखलाको यो पराजयसँगै यही राउण्डबाट फाइनलको अन्तिम ३० मा छानिन असफल भएकी छिन् ।अझै मल्टिमिडिया वा ब्युटी विथ पर्पज जित्न सकेमा श्रृंखला अन्तिम ३० मा पर्ने सम्भावना जीवितै रहेको छ ।

          December 2, 2018 11:34 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...