‘मोरिन्होलाई बर्खास्त गर’
काठमाडौँ, १६ मंसिर । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले खेल जित्न नसकेपछि म्यानुका फ्यानहरुले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्न माग गरेका छन् ।साउथह्याम्टनसँग दुईदुई गोलको बराबरी खेल खेलेपछि मोरिन्होको जागिर धरापमा परेको हो । यस सिजन ६ खेलमा जित, ४ खेलमा बराबरी र चार खेलमा पराजित भएको म्यानुको जम्मा २२ अंक मात्र रहेको छ ।
गएको सिजन लिगलिडर म्यानचेस्टर सिटीलाई च्यालेन्ज गरेको म्यानु यस सिजन शिर्ष चारका लागि पनि प्रतिस्पर्धी नभएको फुटबल विश्लेषकहरु बताउँछन् ।मोरिन्होले टोली निर्माण गर्न नसकेको र सर्यौ मिलियन लगानीको सही सदुपयोग गर्न नसकेको विश्लेषकहरु बताउँछन् ।
अब जनवरी पछि म्यानुमा जोसे रहन्छन् वा रहँदैनन् यसबारे पनि विश्लेषकहरु विश्वस्त छैनन् । म्यानुको खेलमा सुधार नभए उनलाई बर्खास्त गर्नुृ उचित हुने उनीहरुको भनाइ रहेको छ । त्यस्तै म्यानुको फ्यानहरुले सामाजिक सञ्जाल मार्फत मोरिन्होलाई बर्खास्त गर्न दबाब दिइ राखेका छन् ।
December 2, 2018 11:43 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी