विवाह समारोहमा सगुनको खाममा कति पैसा राख्छन् सेलिब्रेटी ? अमिताभ बच्चनले खोले राज
बलिउडमा अहिले बिवाहको सिजन चलिरहेको छ । भर्खरै अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको विवाहको रिसेप्सनको कार्यक्रम सकिएको छ । डिसेम्बर १ मा मुम्बईमा आयोजित दीपवीरको रिसेप्सनमा बलिउडका महानायक अमिताभ बच्चन, शाहरुख खान, ऋतिक रोशन, रेखा, माधुरी दिक्षित, अनुष्का शर्मा, उद्योगपति मुकेश अम्बानी, क्रिकेट जगतका कपिल देव, सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी, सञ्जय लीला भन्सालीलगायत बलिउडका अधिकांश कलाकारको उपस्थिति थियो ।

दीपिका रणवीरको विवाह सकिन नपाउदै अर्की अभिनेत्री प्रियंका चोपडाको विवाह सुरु भएको छ । प्रियंका र उनका पति निक जोनसले पनि छिट्टै नै बलिउड कलाकारका लागि रिसेप्सनको आयोजना गर्नेछन् । प्रियंका र निकको विवाह लगत्तै कमेडियन कपिल शर्मा पनि विवाह गर्दैछन् । कपिलले पनि बलिउड कलाकारका लागि रिसेप्सनको आयोजना गर्नेछन् ।

यसरी विवाहमा सहभागी हुन जाँदा बलिउड कलाकारहरुले सगुनको रुपमा खाममा कति पैसा राख्छन् भन्ने कुराको खुलासा अभिनेता अमिताभ बच्चनले गरिदिएका छन् । बचनले उनको चर्चित शो कौन बनेगा करोडपतिको ग्र्याण्ड फिनालेमा यस कुराको खुलासा गरेका हुन् । अमिताभले भनेका छन् ‘बलिउडमा सगुनको खामको एक परम्परा छ । जस अनुसार खाममा १०१ रुपैयाँसम्म राख्ने सीमा तोकिएको छ ।’ साथै बच्चनले भने ‘यो सब एकरुपता ल्याउनका लागि गरिएको हो ।’

हालै दीपिका र रणवीरको विवाहको रिसेप्सनमा अमिताभ बच्चनका साथ दीपिका रणवीर पनि नाचेका थिए भने बच्चन पत्नी जया, बुहारी ऐश्वर्या र छोरी स्वेताले पनि साथ दिएका थिए । अभिनेता अमिताभ बच्चन र दीपिका पादुकोणले फिल्म ‘पिकू’ मा बुवा छोरीको भूमिका निर्वाह गरेका थिए । यो फिल्मले दर्शकको सराहनाका साथै बक्स अफिसमा पनि राम्रो ब्यापार गरेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी