निर्मला हत्या प्रकरण : धर्नासँगै प्रशासन अगाडि कालो पट्टी बाँधेर बिरोध
कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको न्यायको माग गर्दै कञ्चनपुरका महिला अधिकारकर्मीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । निर्मलाको न्यायका लागि पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा बस्दै आएको नागरिक संघर्ष समितिले सोमबारबाट आन्दोलनको स्वरुप परिवर्तन गरेको हो ।
२२ दिनदेखि परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले सोमबार कञ्चनपुरको जिल्ला प्रशासान कार्यालयको गेटमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । कार्यालय समयलाई लक्षित गर्दै ११ बजेदेखि ४ बजेसम्मका लागि प्रशासन गेट अगाडी विरोध प्रदर्शन गर्ने उनीहले बताएका छन् ।
निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन आन्दोलनको स्वरुप परिवर्तन गरिएको महिला अधिकारकर्मी शारदा चन्दले बताउनुभयो । उहाँले सोमबार र मंगलबार ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाँधेर विरोध जनाउने, १८ गते दिउँसै टर्च तथा लाल्टीन बालेर प्रदर्शन गर्ने र २० गते मानव साङ्लो बनाएर प्रदर्शन गर्ने बताउनुभयो । चन्दका अनुसार २० गतेसम्म नयाँ तरिकाको आन्दोलनबाट सरकारलाई दबाव दिइनेछ । सरकारले आफूहरुको मागको बेवास्ता गरे सबै पक्षसँग पुनः छलफल गरेर आन्दोलनका कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।
December 3, 2018 2:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता