Saturday 12th July 2025

बोनम्यारो रोगले पीडितलाई एनआरएनए अलकासिम साउदि अरबले गर्यो सहयोग ।

7 years अगाडी

तेज थापा,

साउदी अरब – बिगत १ बर्ष देखी बोनम्यारो रोगले ग्रसित एक युवतीलाई गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिम साउदि अरबले सहयोग गरेको छ । नीलकण्ठ न.पा.१४, धादिङ घर भएकि सिता श्रेष्ठलाई समिति ले ५३ हजार ७ सय ६६ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

एनआरएनए एनसीसी साउदि अरबका युवा संयोजक राज कुमार श्रेष्ठको बिशेष पहल र सहयोगी दाताहरुबाट रकम संकलन गरि सहयोग गरिएको क्षेत्रीय समन्वय समिति अलकासिमका अध्यक्ष रमजान दिन मियाँले बताए । उनले दिएको जानकारी अनुसार राज कुमार श्रेष्ठबाट २५१, मुभिनपिक होटलका स्टाफहरुबाट १४५, बास्किन रोबिन स्टाफहरुबाट ३८५, ध्रुब राज कटुवालबाट १९१, चिरञ्जीवी अर्यालबाट ११०, वीर बहादुर तामाङबाट १०२, चिरन कटुवालबाट १००, कृष्ण अधिकारी बाट ५५, बिशाल श्रेष्ठ बाट ५१,  रोहित घिमिरेबाट ५१, काजीमान कन्धवा बाट ५१, गिरधारी खनाल बाट ५१, मनबिर बि.क बाट ५१, लक्षमण कार्की बाट ५१, उमेश बरालबाट ५१,नुरुल जमा अन्सारी बाट ४०, रम्जान दिन मियाबाट ३०, मनिष कोइराला बाट २०, सेर बहादुर पुर्जा बाट २०, बल कुमार निरौला बाट १५, धनलाल बुढा बाट १२, र मनोज थापा बाट १० गरि जम्मा १८४३ साउदी रियल, ५३,७६६/- ने.रू. बराबरको आर्थिक रकम संकलन भएको थियोे । साथै संकलित सबै रकम गत ३० नोभेम्बर २०१८ मा बिमारीको बैंक NIC खातामा विप्रेषण गरि पठाएको छ ।

र्इन्द्र बहादुर श्रेष्ठकि २० बर्षिय छोरी  सिता श्रेष्ठ  बोनम्यारो रोगले ग्रसित भइ हाल सिभिल हस्पीटल बानेश्वरमा उपचार गरार्इरहेकि छन् ।  आर्थिक अवस्था कम्जोरका कारण उपचारमा निकै कठिनाइ भइरहेको छ । भएको पैसा तथा खेत समेत बेचेर उपचारगरिएको गरिएको भएपनि थप तीन महिनासम्म उनलाई  अस्पताल मै राखि गरि उपचार गर्नुपर्ने परिवार श्रोत बताउँछ ।

आफुसँग भएको रकम सबै उपचारमा सकिएको र माग्दा ऋण समेत नपाए पछि जिबन रक्षाका लागि परिवारले आर्थिक सहयोग जुटाइदिन सहयोगीदाताहरु सँग अपिल गरेको छ । “परिवारको अपिललाई मध्यनजर गरि सक्दो सहयोगका लागि हामीले छोटो अभियान संचालन गरेका थियौं”-एनआरएनए साउदिका युवा संयोजक राज कुमार श्रेष्ठ भने ।

बिरामी सिता श्रेष्ठको जिबन रक्षाको लागि एनआरएनए आर सि सि अल कासिमले आफ्नो संस्थागत फेसबुक पेजमा सुचना जारि गरि र्इन्द्र ब.श्रेष्ठको मोबाईल  नं. ९८४१९६९३१५ गरि NIC बैंक खाता नम्बर (Purna Shrestha Acct # 100200095465240)मा सिधै रकम जम्मा गर्न सहयोगी दातालाई आव्हान समेत गरेको छ ।

समाचार सहयोगी: रमजान दिन मियाँ, अलकासिम ।

          December 4, 2018 2:12 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...