क्यान्सरलाई हराएर मुस्कुराउँदै फर्किइन सोनाली
बीबीसी। त्यही सुन्दर आँखा त्यही सुन्दरम मुस्कान… टाउकोमा कपाल छैन। अनुहारमा कुनै चिन्ता छैन। विमानस्थलमा हात जोडेर फ्यानलाई धन्यवाद दिइन्। यस्तै देखिइन् न्यूयोर्कबाट क्यान्सरको उपचार गरेर भारत फर्किएकी बलिउड अभिनेत्री सोनाली बेन्द्रे। उनको साथमा पति गोल्डी बहल थिए। क्यान्सरको उपचारकालागि उनी करिव ६ महिना पहिला अमेरिकामा गएकी थिइन्। सोनाली सोमबार विहान मुम्बई फर्किएकी हुन्।
‘मानिसहरु भन्छन् दूरीले मनलाई नजिक बनाउँछ। हो यस्तो हुन्छ। तर दूरीले हामीलाई जुन पाठ सिकाउँछ, त्यसलाई पनि हामीले कम आँक्नु हुँदैन। जम म आफ्नो घरभन्दा टाढा न्युयोर्क शहरमा थिएँ, तब मलाइ कति धेरै कथाकाबीच म हिँडिरहेकी छु। प्रत्येक कथा फरक कोणबाट आफ्नो च्याप्टर लेख्ने कोसिस गर्थे। त्यहाँ प्रत्येक व्यक्ति संघर्ष गरिरहेका हुन्थे। तर कोही पनि मैदान छोडेर भाग्न तयार थिएनन्। अब म त्यो बाटोमा छु जहाँ मेरो मन र मुटु छ। यो एउटा यस्तो अनुभव हो जसलाई म शब्दमा बयान गर्न सक्दिन, तै पनि म कोसिस गरिरहेकी छु। यो मेरो परिवार र साथीलाई दोस्रो पटक देख्न पाउनु खुशी हो।’
सोनालीको यो स्टाटसलाई एक लाख भन्दा पनि धेरैले लाइक गरेका छन् भने १५ हजार भन्दा धेरै कमेन्ट्स छन्। मानिसहरुले सोनाली मुम्बई फर्किएकोमा भव्य स्वागत गरेका छन्। र उनको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
December 4, 2018 11:54 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
