Friday 19th December 2025

प्रियंका र निकले फेरि विवाह गरे

7 years अगाडी

एजेन्सी, १८ मंसिर । डिसेम्बर १ तारिखका दिन इसाई विवाह गरेका बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासले डिसेम्बर तीनमा भने एउटा हिन्दु परम्परा विावह गरेका छन् । उनीहरुले जोधपुरको उमेद भवन प्यालेसमा विवाह गरेका हुन्।

पछिल्लो समय प्रियंका र निकको सम्बन्धलाई लिएर बलिउडमा व्यापक चर्चा हुने गरेको थियो । अन्तत उनीहरुले विवाह बन्धनमा बाँधिए । तर, यो जोडी विवाहका कारण बारम्बार चर्चामा भने आइरहेको छ । विभिन्न धार्मिक रुपमा यो जोडीले विवाह गरेका कारण चर्चामा आएका हुन् ।

चोपडा र जोनासले आफ्ना साथीहरूमार्फत् एकअर्कालाई भेटेको बताइएको छ।उनीहरू सन् २०१७ को मेट गालामा पहिलोपटक सार्वजनिक रुपमा सँगै देखिएका थिए। तर सुरुमा भने उनीहरूले आफूहरूबीचको प्रेम सम्बन्ध अस्वीकार गरेका थिए।

          December 4, 2018 3:07 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...