श्रृंखला खतिवडालाई ‘ब्यूटी विथ पर्पस’ र मल्टिमिडिया अवार्ड,
काठमाडौं, मंसिर १८ । चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा नेपालकी प्रतिश्पर्धी श्रृंखला खतिवडाले ‘ब्यूटी विथ पर्पस’ अवार्ड जितेकी छन् चीनको सान्यामा जारी प्रतियोगितामा शृङ्खलाले सहभागी ११७ देशका सुन्दरीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नुपर्ने व्यवस्था अनुसार श्रृंखलाले आफ्नो गृहजिल्ला मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौैकी र अरु भौतिक संरचना बनाएकी थिइन् ।
उनी आर्किटेक्चर हुन् र त्यही ज्ञानको प्रयोग गरेर स्वास्थ्य चौकी तथा अरु भौतिक संरचना बनाएकी हुन् ।यसअघि सन् २०१३ मा नेपालकी प्रतिश्पर्धी इशानी श्रेष्ठले प्रोजेक्ट स्माइल मार्फत ब्यूटी विथ पर्पस अवार्ड जितेकी थिइन् ।
श्रृंखलाले भोटिङ मार्फत छानिने मल्टिमिडिया अवार्ड पनि जितेकी छन् । दुई अवार्ड जितेकी उनी प्रतिस्पर्धाको टप ३० मा पर्न सफल भएकी छन् । यसअघि हेड–टू–हेडको दोस्रो चरणमा भने उनी पराजित भएकी थिइन् ।
December 4, 2018 3:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी