

सहिद स्मारक ए डिभिजन लिग: मनाङ र थ्रीस्टार जित्ने रणनीतिमा
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, १९ मंसिर । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज बिहान ११ बजे हुने पहिलो खेलमा सिग्नेचर मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबसँग आमनेसामने गर्दैछन् । यस सिजन उच्च फर्ममा रहेको मनाङ शतप्रतिशत नतिजा निकाल्ने दाउमा रहेको छ ।खासै फर्ममा नरहेको जावलाखेल पनि मनाङविरुद्ध कडा रुपमा उत्रिने तयारमा रहेको छ ।
५ खेलबाट १५ अंक जोडेको मनाङ शीर्ष स्थानमा रहेको छ ।जावलाखेल युथ क्लब ४ अंकका साथ तालिकाको ११ औ स्थानमा रहेको छ ।त्यस्तै रुस्लान थ्री स्टार क्लबले सरस्वती युथ क्लबसँग खेल खेल्दैछ ।
लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्न हरसम्भव प्रयास गर्ने दाउमा रहेको छ । मनाङमाथि दबाब सिर्जना गर्न पनि जित्नै पर्ने दबाबमा रहेको छ । १२ अंक सहित थ्री स्टार तालिकाको चौथो स्थानमा छ । सरस्वती ६ अंक सहित आठौ स्थानमा छ ।
December 5, 2018 10:11 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

