Thursday 19th March 2026

तलाउमा डुबेर ज्यान गुमाएका युवकको शव निकाल्ने प्रहरी जवानलाई परिवारको सम्मान

7 years अगाडी

दाङ – केही दिन पहिले दाङको घोराही उपमहानगरपालिका–१७, गुलरियामा रहेको कृत्रिम तलाउमा डुबेर मृत्यु भएका लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवानलाई मृतकका परिवारले सम्मान गरेको छ ।घोराही उपमहानगरपालिका वडा नम्बर –१५, निवासी १८ वर्षीय लक्ष्मण डिसीको शव निकाल्ने प्रहरी जवान प्रभू सुनारलाई डिसीको परिवारले बिहीबार सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय परिसरमै पुगेर सुनारलाई डिसी परिवारले नगदसहित सम्मान गरेको हो । नगद ५ हजारसहित अबीर र मालाले प्रहरी जवान सुनारलाई सम्मान गरिएको थियो । त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले प्रहरीको मनोबल बढाउने गरी डाँगी परिवारले प्रहरी जवान प्रभू सुनारलाई सम्मान गरेको धन्यवाद ज्ञापन गर्नुभएको थियो ।घोराही उपमहानगरपालिकाले गुलरियामा निर्माण गरेको कृञिम तालमा मंसिर ९ गते डुबेका डिसीको शव चार दिनपछि प्रहरी जवान प्रभू सुनारले निकाल्नु भएको थियो । बर्दिया घर भएका सुनार जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत हुनुहुन्छ ।

          December 7, 2018 9:46 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...