Thursday 19th March 2026

एलिजाले पक्राउ गरिन् गुण्डाहरू, यी चार वृत्तका डिएसपीहरूको धन्दाको उजुरी पुग्यो आइजीपीसम्म

7 years अगाडी

काठमाडौं – प्रहरीहरु गैरव्यवसायिक र अवैध क्रियाकलापमा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले गोप्य रुपमा निगरानी शुरु गरेको छ । सेवाग्राहीसँग घुस लिनेदेखि अन्य अवैध क्रियाकलाप गरेका प्रहरीमाथि अपरेसन गर्न विशेष टोली गठन भएको छ ।प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेसँगै प्रहरी भित्र शुद्धीकरण अभियान शुरु भएको हो ।अहिले काठमाडौंका केही वृत्तका डिएसपीहरुको क्रियाकलापका बारेमा आईजीपीको सचिवालयमा गुनासो आउन थालेपछि उनीहरुमाथि गोप्य निगरानी गर्न सचिवालयले काठमाडौं परिसरलाई निर्देशन दिएको बुझिएको छ । स्रोतका अनुसार बानेश्वर, बालाजु, महाराजगन्ज र दरबारमार्गका डिएसपी डेन्जर जोनमा परेका छन् ।

कोटेश्वर प्रभागकी इन्स्पेक्टर एलिजा गिरीले गुण्डागर्दीमा संलग्न काभ्रेका मोनम लामा र टुसाल लामालाई मुद्दा चलाउन केही दिनअघि बानेश्वर वृत्तमा पठाएकी थिइन् । तर, वृत्तका डिएसपी गोविन्द राज काफ्लेले भने टुसाललाई मुद्दा चलाई मोनमलाई छाडेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।कोटेश्वर क्षेत्रमा गुण्डागर्दी र अवैध असुलीमा संलग्न मोनमलाई छाड्दा डिएसपी काफ्लेले ठूलो आर्थिक चलखेल गरेको स्रोतले बतायो । कामभन्दा बढी चर्चामा रमाउने काफ्लेको विषयमा पनि सचिवालयमा गुनासो आउने गरेको छ ।त्यसैगरी बालाजु वृत्तका डिएसपी चिरञ्जीवी कोइरालाको विषयमा पनि सचिवालयमा उजुरी परेको बुझिएको छ । बालाजु क्षेत्रका मेनपावर, रेष्टुरेन्ट र होटलबाट अवैध असुली गर्दै आएको भन्दै उनी विरुद्ध उजुरी नै परेको स्रोतले थप बतायो ।

त्यसो, त महाराजगञ्ज वृत्तका डिएसपी फणिन्द्र प्रसाइँपनि अनुसन्धानमा लापरबाही गरेको भन्दै छानबिनको दायरामा तानिन लागेका छन् ।केही दिनअघि गोंगबुमा भएको बालक प्रयास कुँवरको हत्यामा संलग्न महेन्द्र एसकेलाई पक्राउ गरी रातभर राखेर डिएसपी प्रसाइँले बिहान घर पु-याई छाडेका थिए । सो बारेमा अनुसन्धानमा लापरबाही गरेको भन्दै अपराध महाशाखामा डिएसपीमाथि छानबिन हुनुपर्ने माग बढेको थियो ।दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्ल पनि डेन्जर जोनमा परेका छन् । जुवाडेसँग रकम असुल्नेदेखि डिस्को र क्लबमा झगडा गर्ने गुन्डालाई छाडेर उनी विवादमा आइरहेका छन् ।केही दिन अघि एक क्लबमा खुकुरी हानेको मुुद्दामा पक्राउ परेका प्रकाश पुन नामका गुन्डालाई छाड्न मल्लले ठूलो रकमको चलखेल गरेका थिए । तर यो कुरा काठमाडौं परिसरका एसपी अशोक सिंहको कानमा पुगेपछि सिंहले मल्ललाई झपारे र पुनमाथि म्याद थपेर मुद्दा चलाइयो ।

          December 7, 2018 9:49 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...