सबै बलिउड स्टारलाई पछि पार्दै अगाडी आए सलमान र सन्नी लियोनी
एजेन्सी, मंसिर । साल २०१८ को अन्तिम महिना चलिरहँदा इन्टरनेटको सर्च इंजिन ‘याहू’ले २०१८ को आफ्नो रिव्यू जारी गरेको छ । ।याहूले आफ्नो रिभ्यूको सूचीमा दिपिका पादुकोण, रणवीर सिंह, प्रियंका चोपडा, सोनाली बेन्द्रे र आलोक नाथसहित धेरैजना बलिउड स्टारलाई स्थान दिएको छ । तर तीमध्ये सबैभन्दा बढी चर्चा बुटेल्ने स्टार सलमान खान र सन्नी लियोनी बनेका छन् ।
याहूको २०१८ को रिव्यू सूचीमा सन्नी लियोनी र सलमान खानको नाम सबैभन्दा माथि आएको छ । सन्नी लियोनीले याहूको सूचीमा सबैभन्दा धेरै खोजी गरिने हिरोइनको स्थानमा अगाडी आएकी छिन् भने सलमान सबैभन्दा धेरै खोजीने अभिनेताको स्थानमा आएका छन् ।
यसैवर्ष सन्नी लियोनीको बायोपिक ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ स्ट्रीमिङ प्लेटफर्म जिफाइफमा रिलिज भएको थियो । दर्शकहरुले उनको बायोपिकलाई निकै मनपराएका छन् ।
यााहूको अनुसार दिपिका पादुकोण, रणवीर सिंह, तैमूर अली खान, प्रियंका चोपडा, निक जोनस, सोनाली बेन्द्रे, प्रिया प्रकाश वारियर र आलोक नाथसँग जोडिएका समाचारहरु सबैभन्दा बढी खोजी गरिएको थियो ।
December 7, 2018 10:36 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग