श्रृङ्खला आज मिस वर्ल्डको फाइनलमा भिड्दै, ताज नेपाल आउन सक्ने पूर्व मिस नेपालको विश्वास
काठमाडौं । श्रृङ्खला खतिवडा मिस वर्ल्डको ताजका लागि आज अन्तिम प्रतिस्पर्धा गर्दैछिन्। नेपाली समय अनुसार वेलुका पौने ५ बजे फाइनल सुरू हुनेछ। नेपालमा जुम टेलिभिजनबाट फाइनलको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।
के श्रृङ्खलाले मिस वर्ल्डको ताज पहिरिन सक्लिन्? यो प्रश्नको उत्तर अबका केही घण्टामा निर्धारण हुनेछ। हामीले यही प्रश्न पूर्व मिस नेपाल जो चीनमा अहिले श्रृङ्खलाले प्रतिस्पर्धा गरेकै ठाउँमा मिस वर्ल्डका लागि प्रतिस्पर्धा गरेकी पूर्व मिस नेपाल प्रिति सिटौलालाई गरेका थियौं।
पछिल्ला दिन श्रृङ्खलाले निकै मेहनतपूर्वक फाइनलको तयारी गरिरहेकी छन्। दैनिक सामाजिक सञ्जालमा गतिबिधि पोष्ट गरिरहने श्रृङ्ला ‘अन्तम युद्ध’को तयारीमा ध्यान केन्द्रित गरेकी छन्। श्रृङ्खलालाई हौसला दिन उनका मातापिता सहित प्रियजन चीन पुगेका छन्।प्रति र श्रृङ्खलाबीच भएका कुराकानीले उनको जित्ने संभावना र कन्फिडेन्स् कति छ, त्यो बु्झ्न सकिन्छ। श्रृङ्खलाका हरेक गतिबिधि नजिकबाट नियालेकी प्रितिलाई हामीले मिस वर्ल्डको पहिलो ताज पहिरिने नेपाली श्रृङ्खला हुन सक्लिन् त ? भनेर सोधेका छौं।
December 8, 2018 10:07 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी