साउदि अरबमा Orential Ladies Group (OLG) मेला सम्पन्न ।
साउदि सम्वाददाता,
साउदी अरब- साउदी अरबको रियाद स्थिति Orential Ladies Group मा आवद्ध नेपाल, भारत र बंलादेशका कुटनितिक नियोगका कर्मचारीहरूको श्रीमतीहरूले एक बिशेष कार्यक्रम सम्पन्न गरेका छन् । आ-आफ्नो देशको संस्कृतिक, हस्तकला एवम् खानेकुरा लगायत अन्यकुराहरुको प्रबर्द्धन गर्ने उदेश्यले विशेष मेलाको आयोजना गरिएको हो । मेला रियाद स्थित रहेको बंलादेश दुतावास प्रांगणमा हिजो शुक्रबारका सम्पन्न भएको हो ।
उक्त मेलामा नेपाल, भारत र बंलादेशका आ-आफ्नो देशको विशेषता झल्किने विभिन्न हस्तकला गार्मेण्ट सामाग्रीहरूको व्यापारिक स्टलहरू राखिएका थिए भने खाद्य पकवानहरू लगायतका सामाग्रीहरु पनि मुख्य बिशेषतामा रहेका थिए ।
उक्त मेला बारे बोल्दै नेपालका साउदीको लागी राजदुत प्रा. डा. महेन्द्र सिं राजपुतले मेला अवलोकनको लागी उपस्थित भएका सबैलाई धन्यवाद व्यक्त गरे । एक फरक प्रसंगमा साउदीमा आएका नेपाली श्रमिकहरू जो कोही आएको ३ महिना भन्दा बढी र २ वर्ष ननाघेकाहरूले आफ्नो समस्याहरू राजदुतावासमा लिएर आएमा कम्तिमा एक महीनामा समस्याको समाधान गरिने विश्वास समेत व्यक्त गरेका छन्। पछिल्लो समयमा देखिएको विशेषता: ईकामा(अस्थाई बसोबास अनुमती पत्र) र श्रमिकहरूको तलब सुविधा बारे नेपाली श्रमिकहरू पिडित रहेको भए ( जो पहिलो २ वर्ष ननाघेका)उक्त समस्याहरू समधानको लागी दुतावास तत्पर रहेको बताए।
उक्त विशेष मेला साँझको चार बजे देखी रातको १० बजे सम्म चलेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो