नेपाल आइडलः पाठकको नजरमा बिक्रमभन्दा रवि धेरै अगाडि !
रवि ओड सुदूरपश्चिमेलीको मात्र होइन सबै नेपालीको मनमा बसेका छन् । यसको प्रमाणहरु सामाजिक सञ्जालमा पर्याप्त छन् । यति मात्र होइन विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरुले पनि रवि धेरैको मनमा बसेको जनाउँ दिन्छ ।यसैबीच, काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित समाचारमा पनि रविलाई धेरैले पढेका छन् । अर्थात् उनको समाचारलाई धेरैले पढेका र सेयर गरेका छन् । यसको मापन सहजै गर्न सकिन्छ ।
सेयर गरेको प्रत्यक्ष अंक नै देखिन्छ । अन्नपूर्णले रविकोभन्दा अगाडि बिक्रमको समाचार प्रकाशित गरेको थियो । तर, ‘पोखरामा माया बटुल्दै बिक्रम’ शिर्षकको समाचार आइतबार साँझ ६ बजेसम्म १०७१ जनाले मात्रै सेयर गरेका छन् । तर, ‘कैलालीमा रविलाई पञ्चेबाजाले स्वागत’ शिर्षकको समाचार बिक्रक्रमको भन्दा केही समयपछि प्रकाशित गर्दा पनि आइतबार साँझसम्म ३७७४ जनाले सेयर गरिसकेका थिए यसरी आंकलन गर्ने हो भने बिक्रमभन्दा रवि पाठकको आँखामा धेरै अगाडि छन् । अन्य मिडियामा रविबारे प्रकाशित समाचार पनि अत्यधिक सेयर भएको देखिन्छ । सेयर गरेको मापन गर्नुको मूल कारण पाठकमाझ को प्रतिस्पर्धी अगाडि छन् भन्ने केलाउन खोजिएको हो
अन्नपूर्ण पोस्ट् दैनिक र ‘नेपाल आइडल’ आयोजना गर्ने एपी वान टेलिभिजन एकै ग्रुपको संञ्चार माध्यम भएकाले पनि अन्नपूर्णमा प्रकाशित समाचारलाई मापनको आधार बनाइएको हो । अन्नपूर्णले रवि र बिक्रमबाहेक अस्मिता अधिकारी र सुमित पाठकको बारेमा भने समाचार प्रकाशित गरेको थिएन ।
यसकारण सुमित र अस्मिताबारे पाठकको साथ प्रकाशित गरेनौं । अहिले चारै प्रतिस्पर्धी गृह जिल्लामा व्यस्त छन् । रवि सुदूरपश्चिममा, बिक्रम पोखरा, सुमित र अस्मिता झापामा रहेका छन् ।पत्रिकामा पाठकले साथ दिए पनि यात्रा भोटिङको भएकाले उपाधि भने यसले नै जित्न सक्छ भनेर ठोकुवा गर्न कठिन छ । अब हेरौं दोस्रो नेपाल आइडलको उपाधि कसले जित्छ ।
December 10, 2018 10:09 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले