Saturday 7th March 2026

फिल्म छक्का पञ्जा ३ ले पनि सफलता पुर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ ।

7 years अगाडी

काठमाडौं,असोज २४ देखि प्रदर्शनमा आएको फिल्मले उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शन हुँदै ५१ औँ दिन पार गरेको हो । अघिल्लो सिरिजहरु छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए । डिजिटल प्रविधि आएर लगातार तीन सिरिजले नै ५१ औँ दिन पार गर्ने फिल्ममा छक्का पञ्जा सिरिज नै पर्छ ।

यसको तीनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन् । फिल्मले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो । यसैगरी, मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । कन्टेन विथ कमेडी भनिएको छक्का पञ्जाको तेस्रो सिरिजलाई दर्शकसँगै समिक्षकले पनि रुचाएका थिए ।

अघिल्ला सिरिजको तुलनामा यसलाई सबैले प्रशंशा गरेका छन् । फिल्ममा दीपकसँगै जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतको अभिनय रहेको छ । यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे रहेकाछन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् ।

          December 10, 2018 10:36 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...