विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी पक्राउ
सुर्खेत – रष्जिष्टार महेन्द्रकुमार मल्लाई निलम्बन गरेको विरोधमा आन्दोलनमा उत्रिएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
सोमबार विश्वविद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले १४ जना विद्यार्थीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । विद्यार्थीहरुले प्रशासनिक भवनको दुई वटा काउण्टरमा तोडफोड गरेको उहाँले जानकारी दिनुभयो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द्र कोइरालाले राजनीतिको आडमा बिनाकारण रजिष्टार पदबाट डा. महेन्द्रकुमार मल्ललाई हटाइएको भन्दै नेपाली कांग्रेस निटक विद्यार्थी र प्रध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आइतबार प्रशासनिक भवनमा र विश्वविद्यालयको केन्द्रीय कार्यालयका लगाएको ताला प्रहरी प्रशासनको सहयोगमा विश्वविद्यालयले फुटाएको थियो ।
विश्वविद्यालयको रजिष्टारमा शिक्षा संकायका डिन यामबहादुर कार्कीलाई नियक्त गरेर डा. महेन्द्रकुमार मल्ललाई पदीय आचरण अनुसार काम नगरेको भन्दै निलम्बन गरिएको थियो । प्रध्यापक र विद्यार्थीहरुले नियम विपरित गरिएको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले सोमबार पनि विश्वविद्यालयको पठनपाठन ठप्प पारेका छन् ।
December 10, 2018 11:57 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :