गर्भमै बच्चाको मृत्यु भएर मृत्युको संघारमा पुगेकी गर्भवतीको हेलिकप्टरमा उद्धार
जाजरकोट, २४ मङ्सिर । सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ ।बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो ।
लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८ गते तोकेको थियो । तोकेको मितिमा बच्चा नजन्मेपछि मङ्सिर २३ गते लिम्लास्थित स्वास्थ्य चौकीमा ल्याएर जाँच गर्दा बच्चा पेटमै मृत्यु भएको पाइएको थियो ।
गर्भमै बच्चाको मृत्यु भएपछि थापाको जीवन बचाउनका लागि बारेकोट गाउँपालिकाको समन्वय र घरआँगन संस्थाको आर्थिक सहयोगमा उनलाई हेलिकप्टरमा लिम्साबाट पोखराको मनिपाल अस्पताल भर्ना गरिएको संस्थाका दीपक सिलवालले जानकारी दिए ।
थापा पाँचौँ पटक सुत्केरी हुँदै थिइन् । दुई चिकित्सकको दरबन्दी भएपनि लिम्सा स्वास्थ्य चौकी अहिले चिकित्सकबिहीन छ । चिकित्सक नहुँदा उपचारका लागि यहाँका बासिन्दा अन्यत्र जानुपरेको स्थानीयवासी कालीप्रसाद थापाले बताए ।
December 10, 2018 5:24 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता