Sunday 21st December 2025

बेरोजगार युवालाई सिकर्मी तालीम

7 years अगाडी

बाजुरा। आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पु-याउने उद्देश्यले बेरोजगार युवाका लागि एक महीने सिकर्मी तालीम मार्तडीमा शुरु भएको छ।सहयोगी हातहरुको समूह (सहास) नेपालको सहयोगमा सञ्चालित सो उक्त तालीममा १० जना सहभागी छन्।

फर्निचरसम्बन्धी सामग्री बजारबाट बनाएर गाउँमा पु-याउनुभन्दा गाउँकै बेरोजगार युवालाई यस सम्बन्धी तालीम दिई उपभोक्ताको माग र उनीहरुको आयस्रोतमा समेत वृद्धि गर्ने लक्ष्यका साथ तालीम सञ्चालन गरिएको सहास नेपालका जिल्ला वित्त प्रबन्धक नैनकुमार परियारले बताए।

तालीमका सहभागीलाई प्रतिव्यक्ति १० हजार १३१ बराबरको फर्निचर सम्बन्धी विभिन्न औजार र उपकरणसमेत सहयोग स्वरुप उपलव्ध गराइएको सहास नेपाल बाजुराका संयोजक रामबहादुर खत्रीले जानकारी दिए।

          December 11, 2018 10:07 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...