

पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको झिनो लक्ष्य दिएको छ ।

एभरेष्ट प्रिमियर लिग अन्तर्गत दिनको पहिलो खेलमा कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा विराटनगरको बलिङसामू निरीह बन्यो । सुरुदेखि विकेट पतनको शिकार बनेको पोखराले पाँच रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर केल कोट्जर चार रन बनाएर आउट भए । पोखराले १९ रन बनाएको अवस्थामा चार विकेट गुमाएको थियो ।
यसक्रममा रिचार्ड लेभी ३ रनमा, शुवेन्दु पाण्डे शून्यमा र विनोद भण्डारी एक रनमा पवेलियन फर्किए । त्यसपछि पाउल कोलिनले २० रन बनाए भने राजेश पुलामी मगरले १७ रन जोडे । सुशान भारी सातौं विकेटका रुपमा आउट हुँदा पोखराले १७.३ ओभरमा ७८ रनमात्र बनाएको थियो ।
त्यसपछि पनि कुनै ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा पोखरा ८५ रनमा समेटियो । पोखरालाई सस्तैमा समेट्नका लागि पाउल भ्यान मेकेरेनले तीन विकेट लिए भने रोउल्फ भ्यान गर मार्वीले दुई तथा बसन्त रेग्मी र स्मित पटेलले १–१ विकेट लिए ।
December 11, 2018 12:06 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

