छायांकन नसकिँदै ‘दालभात तरकारी’को विदेशबाट आयो ‘डिमाण्ड’
काठमाडौं – कलाकार किरण केसी र मह संचारले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र दाल भात तरकारीको यतिबेला छायांकन भइरहेको छ । चलचित्रको क्लाइमेक्सको छायांकन सम्पन्न भएको निर्माता किरण केसीले बताए ।
हालसम्ममा चलचित्रको करिब ३५ प्रतिशत छायांकन सम्पन्न भएको बताइएको छ । चलचित्रमा समावेश एउटा गीतको छायांकन पनि सकिएको निर्माता केसीले बताए । मिना निरौलाको स्वरमा रहेको गीतमा प्रियंका कार्कीले आइटम नृत्य देख्न सकिने छ ।
गीतको छायांकन चितवनको नारायणी रिसोर्टमा ३ रात लगाएर सम्पन्न गरिएको बताइएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यतिबेला काठमाण्डौंको बुढानिलकण्ठमा चलचित्रको छायांकन भइरहेको निर्माता केसीले बताए ।
निर्माता केसीका अनुसार छायांकनको आधा काम नसकिँदै अष्ट्रेलिया, अमेरिका, लण्डन, जापान, कतार लगायतका देशहरुबाट चलचित्र प्रदर्शनीका लागि माग भएको छ । चलचित्र २०७६ को बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।
रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमान सिंह कुँवर, शिशिर वाङ्देल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
December 11, 2018 1:51 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग